दफा
कम्पनीको संस्थापना
: (१) मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा
अरुसँग समूहबद्ध भई प्रबन्धपत्रमा उल्लेख भए बमोजिम एक वा एकभन्दा बढी उद्देश्य प्राप्तिका
लागि कम्पनी संस्थापना गर्न सक्नेछ ।
(२) पब्लिक कम्पनीको संस्थापनाको लागि कम्तीमा सातजना संस्थापक हुनु पर्नेछ ।
तर कुनै पब्लिक कम्पनीले अर्को पब्लिक कम्पनी संस्थापना गर्दा सातजना संस्थापकको
आवश्यकता पर्ने छैन ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परिच्छेद–१९ मा गरिएको
व्यवस्थाको अधीनमा रही एक वा एकभन्दा बढी उद्देश्य प्राप्तिका लागि मुनाफा वितरण नगर्ने
कम्पनी संस्थापना गर्न सकिनेछ ।